चुमनुव्रीको झरना र ड्याङमा ९ दिन खच्चड ढुवानी बन्द हुने

सडक सञ्जाल विस्तार नभएको उत्तरी क्षेत्रमा खच्चडमार्फत दैनिक उपभोग्य र निर्माण सामाग्री ढुवानी हुँदै आएको छ ।

असार ७, २०८३

हरिराम उप्रेती

Mule transport to be suspended for 9 days at Chumanubri Falls and Dang

गोरखा — पदमार्ग स्तरोन्नतीका लागि असार १९ देखि ९ दिन खच्चड आवातजावात बन्द गरिएको हो । 

चुमनुव्री गाउँपालिकाले पदमार्ग स्तरोउन्नति हुने क्षेत्रमा ९ दिनसम्म खच्चड आवातजावातमा रोक लगाइएको छ ।

मनास्लु पदमार्गअन्तर्गत चुमनुव्री–३ को झरना क्षेत्र, वडा नम्वर ५ को ड्याङ क्षेत्रमा असार १० देखि १८ सम्म खच्चड आवातजावात बन्द गरिएको हो । गाउँपालिकाको २०८२/०८३ को वार्षिक स्वीकृत योजनाअनुसार फिलिम–लार्के पास पदमार्ग स्तरोन्नति भइरहेको छ । पदमार्गमा ढलान, रेलिङ लगायतको निर्माण कार्य गर्न लागिएको गाउँपालिकाकाले सार्वजनिक सूचना जारी गर्दै जानकारी गराएको छ । 

पदमार्ग स्तरोन्नतिपश्चात् आवातजावात सहज र सुरक्षित हुने पनि गाउँपालिकाले जनाएको छ । खच्चड ढुवानी व्यवसायी, व्यापारी तथा सरोकारवालाई उक्त पदमार्ग भएर खच्चड नहिँडाउन आग्रह गरिएको हो ।

सडक सञ्जाल विस्तार नभएको उत्तरी क्षेत्रमा खच्चडमार्फत दैनिक उपभोग्य र निर्माण सामाग्री ढुवानी हुँदै आएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully