कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

चितवनमा नागरिकता लिनेभन्दा राहदानी लिने झन्डै तेब्बर

नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि निकाल्ने धेरै 
रमेशकुमार पौडेल

चितवन — गत आर्थिक वर्षमा चितवन जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या झन्डै तेब्बर रहेको छ ।

चितवनमा नागरिकता लिनेभन्दा राहदानी लिने झन्डै तेब्बर

जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको जिल्लाका सूचना अधिकारी र सञ्चारकर्मीको बैठक तथा छलफल कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनमा गत आर्थिक वर्षमा वंशजका आधारमा ११ हजार ९६८ नयाँ नागरिकता वितरण भएको उल्लेख छ । त्यसै गरी राहदानी सिफारिस ३३ हजार १९३ जनालाई भएको छ ।

‘रोजगारी र उच्च शिक्षा अध्ययनका लागि विदेश जाने उद्देश्यले नै राहदानी बनाउने गरिएको देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी यादवले भने । चितवन जिल्ला प्रशासन कार्यालयले राहदानी सिफारिसबाट गएको आर्थिक वर्षमा १६ करोड ५२ लाख १७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ । प्रशासन कार्यालयको कुल राजश्व आम्दानी १७ करोड ७४ लाख तीन हजार ८५६ रुपैयाँ भएको देखिन्छ ।

त्यसैगरी गएको आर्थिक वर्षमा चितवनमा नागरिकता परित्याग गर्नेहरुको संख्या १ सय ५६ रहेको छ । गत वर्ष वैवाहिक अंगिकृत नागरिकता ४१ जनाले लिएका छन् । त्यसैगरी नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि लिनेको संख्या धेरै छ । गएको आर्थिक वर्ष ०८०/८१ मा चितवन जिल्ला प्रशासन कार्यालयबाट १३ हजार ७९० जनाले नागरिकताको प्रतिलिपि निकालेका छन् । गैरआवासीय नागरिकता १३१ जनाले लिएका छन् ।

प्रकाशित : श्रावण १०, २०८१ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×