२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सातै प्रदेशमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गरिने

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकासहित प्रत्येक प्रदेशमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सरकारले आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अघि बढाउनले घोषणा गर्दै सूचना प्रविधि वर्क स्टेसनको अवधारणा अघि सारेको हो ।

सातै प्रदेशमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गरिने

संघीय संसद्ममा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंका विभिन्न स्थानसहित प्रत्येक प्रदेशका उपयुक्त ठाउँमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गरी ५ हजार रोजागरी सिर्जना गरिने उल्लेख गरे ।

त्यति मात्र नभएर, सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रका रूपमा विकास गरिने राष्ट्रपती पौडेलको भनाइ थियो । नेपाललाई ग्लोबल सूचना प्रविधि हबका रूपमा विकास गरिने पनि सरकारको दाबी छ ।




प्रकाशित : जेष्ठ १, २०८१ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्तिमा अन्योल छाएको छ । अध्यक्ष नियुक्तिमा मुख्यरुपमा के भइरहेजस्तो लाग्छ ?

x