कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नासाको क्यूरी मिसनले सौर्य रेडियो तरंग अन्वेषण गर्ने

न्युयोर्क —  सौर्यबाट आउने रेडियो वेव उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्यूरी) मङ्गलबार प्रक्षेपण गरिएको छ । क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६ रकेट कोउरोस्थित गुयाना स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो  ।

नासाको क्यूरी मिसनले सौर्य रेडियो तरंग अन्वेषण गर्ने

उक्त रकेट पृथ्वीको सतहबाट ३६० माइल (लगभग ५८० किलोमिटर) को उचाइमा उडान गर्नेछ । रेडियो इन्टरफेरोमेट्री एक्सपेरिमेन्ट मिसनले सूर्यको विष्फोटनबाट निस्कने रेडियो तरङ्गको उत्सर्जनबारे अध्ययन गर्ने लक्ष्य राखेको छ ।

क्यालिफोर्निया विश्वविद्यालय बर्कलेको टोलीद्वारा डिजाइन गरिएको क्यूरी अन्तरिक्षबाट ०.१–१९ मेगाहर्ज फ्रिक्वेन्सी दायरामा रेडियो तरङ्ग मापन गर्ने आफ्नो पहिलो मिसन भएको ईएसएले जनाएको छ । यी यस प्रकारको अनुसन्धान अन्तरिक्षबाट मात्र गर्न सकिन्छ ।

'सौर्य रेडियो तरंग अनुसन्धानका क्रममा, क्यूरीले लो फ्रिक्वेन्सी रेडियो इन्टरफेरोमेट्री नामक प्रविधि प्रयोग गर्नेछ । यसअघि अन्तरिक्षमा यो प्रविधि कहिल्यै प्रयोग गरिएको थिएन । यसले पृथ्वीलाई करिब दुई माइल टाढा परिक्रमा गर्नेछ', नासाले उल्लेख गरेको छ ।

यस प्रयोगले रेडियोका ती तरंगहरू कहाँबाट आइरहेका छन् भन्ने पत्ता लगाउने प्रयास गर्नेछ ।

प्रकाशित : असार २५, २०८१ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×