१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रासस/सिन्ह्वा

रासस/सिन्ह्वाका लेखहरु :

कंगो डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वेटर प्रान्तमा चार दिनअघि झन्डै ३ सय यात्रु बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ७०० भन्दा बढी

हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएको छ । यस घटनापछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ ।

रुस जाँदै चिनियाँ विदेशमन्त्री

चिनियाँ विदेशमन्त्री वाङ यी सुरक्षा वार्ताका लागि सोमबारदेखि रुसको चारदिने भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभको निमन्त्रणामा वाङले रणनीतिक सुरक्षा परामर्श गर्ने जनाएको छ ।

सुडानमा हवाई आक्रमणमा २० को मृत्यु

सुडानको दक्षिणी क्षेत्रमा हवाई आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको छ । हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको केही घण्टापछि खार्तुमका बासिन्दा आइतबार बिहान त्रासका साथ उठेको सुडानी अधिकारकर्मीले बताएका छन् ।

बंगलादेशको चालु घाटा तीन अर्ब ३० करोड

सन् २०२२ को जुलाईदेखि सन् २०२३ को जुनसम्म चलेको आर्थिक वर्ष २०२२/०२३ मा बंगलादेशले करिब तीन अर्ब ३० करोड अमेरिकी डलरको चालु घाटा व्यहोरेको बंगलादेश बैंकका एक अधिकारीले आइतबार बताएका छन् ।

म्यान्मारमा खानीमा पहिरो जाँदा कम्तीमा २५ जना बेपत्ता

म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमूल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएको उद्धारकर्मीले सोमबार बताएका छन् । सन् २०२० मा सयौं कामदार पहिरोमा फसेका उत्तरी काचिनको हापाकान्त नगर नजिकै आइतबार भएको यो घटना मुसलधारे वर्षा र बाढीले देशको अधिकांश भाग जलमग्न भएको केही दिनपछि भएको हो । अत्यधिक आकर्षक जेड खनन उद्योग प्रायः अनियमित छ, जसका लागि आप्रवासी कामदारहरूले खतरनाक अवस्था र अक्सर घातक दुर्घटनाहरू सहन्छन् ।

बंगलादेशमा डेंगीबाट मृत्यु हुनेको संख्या ४०० नाघ्यो

बंगलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेंगीका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेंगी सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीमा काकर नियुक्त

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले शनिबार सांसद अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति अल्वीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार स्वीकृति दिएका हुन् ।

बेइजिङमा वर्षाका कारण ३८ जनाको मृत्यु

भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मंगलबार साँझसम्म ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।