गाडीमा सवार सबै पाँच जना प्रहरी कर्मचारीको गोली हानाहानका क्रममा मृत्यु भएको सिन्ह्वाले जनाएको छ।
काठमाडौँ — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली चलाउँदा ५ जना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना स्थानीय समयअनुसार बिहान करिब ८:४५ बजे काराक जिल्लामा भएको हो। स्रोतहरूले नाम नछाप्ने सर्तमा सिन्ह्वालाई जानकारी दिँदै बताएअनुसार आक्रमणकारीहरूले गाडीमा गोली चलाउन थाले।
प्रहरीले तुरुन्तै जवाफी गोली चलाउँदा झडप लगभग एक घन्टासम्म चलेको जनाइएको छ।
गाडीमा सवार सबै पाँच जना प्रहरी कर्मचारीको गोली हानाहानका क्रममा मृत्यु भएको स्रोतले जनाएको छ। आक्रमणपछि आतङ्ककारीहरूले घटनास्थलबाट भाग्नु अघि प्रहरीको गाडीमा पनि आगो लगाएको जनाइएको छ। अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
