कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

मिल्स कप क्रिकेट : वाईआरसीसी फाइलनमा

विराटनगर — एनवीएससी क्रिकेट क्लब विराटनगरलाई १ सय १६ रनले हराउँदै विराटनगरकै वाईआरसीसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

मिल्स कप क्रिकेट : वाईआरसीसी फाइलनमा

वाईआरसीसीले उपाधिका लागि भारत कटिहार र विराटनगरको होराइजन क्रिकेट क्लब बीचको विजेतासँग सोमबार प्रतिस्पर्धा गर्ने छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार टस जितेर व्याटिङ गरेको वाईआरसीसीले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २ सय ५२ रनको चुनौती प्रस्तुत गर्दा इमरन नाजिरले आक्रमक ब्याटिङ शतकीय इनिङ खेले । ३८ बलको सामना गरेका उनले १४ छक्का र ३ चौका हिर्काउँदै १ सय ४ रन बनाए । उनी प्लेर अफ द म्याच भए ।

देव खनालले २६ बलमा ६ छक्का, ६ चौका हिर्काउँदै ६१ रनको योगदान गरे । यसअघि खनालले २९ बलमा शतक बनाएका थिए । शुक्रबार ३८ बलमा शतक बनाउँदै ६२ बलमा अविजित १ सय ७७ रन बनाएका अभिषेक पाठकले शनिबार २३ रनको पारी खेले ।

एनवीएससीका बलर अनुभवले ५ तथा राहुल र किशोरले समान २ विकेट लिए । २ सय ५२ रनको लक्ष्य पछ्याएको एनवीएससी १२ ओभर १ बलमा अलआउट हुँदै १ सय ३५ रनमा रोकियो । उसका लागि राहुल रिमालले २० बलमा ५० रन बनाए । उनले ७ छक्का र १ चौका हाने । राहुल चौधरीले २० बलमा ४७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।

वाईआरसीसीका अभिषेक पाठकले ४ र नारायण जोशीले ३ विकेट झारे । आइतबार भारत कटिहार र विराटनगरको होराइजन क्रिकेट क्लबबीच अन्तिम सेमिफाइनल खेल हुने छ ।

प्रकाशित : जेष्ठ ५, २०८१ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×