कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

वादोरियो खेलाडीलाई २ स्वर्णसहित चार पदक

काठमाडौँ — मलेसियाको पेरक स्टेडियममा मे १० देखि १२ सम्म भएको २० औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते च्याम्पियनसिपमा नेपाल वादोरियो कराते डो संघका सहभागी खेलाडीले पदक जितेका छन् ।

वादोरियो खेलाडीलाई २ स्वर्णसहित चार पदक

इलेशजंग थापा र आविष्कार श्रेष्ठले स्वर्ण, सान्वी राज्यलक्ष्मी चन्दले रजत र चन्द्रशेखर जैसवालले कास्य पदक जितेका थिए ।

उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशका वरिष्ठ प्रशिक्षक एवं कोषाध्यक्ष कमरुद्दिन अलीको नेतृत्वमा सहभागिता जनाएको थियो । प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, माल्दिभ्स, पाकिस्तान, भारत, सिंगापुर र उज्वेकिस्तानको खेलाडीको सहभागिता रहेको संघले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८१ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×