भारत नेपालको विकास यात्रामा विश्वासनीय साथी : भारतका वाणिज्यमन्त्री पियुष गोयल

वैशाख १६, २०८१

कान्तिपुर संवाददाता

India is a reliable partner in Nepal's development journey: India's Commerce Minister Piyush Goyal

काठमाडौँ — भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले भारत नेपालको विकास यात्रामा विश्वासनीय साथी रहेका बताएका छन् ।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भिडियोमार्फत आइतबार सम्बोधन गर्दै भारतको छिमेक पहिलो नीतिमा नेपाल महत्वपूर्ण सदस्य रहेको उल्लेख गरे । उनले दुवै मुलुकको समृद्धिका लागि पनि महत्वपूर्ण रहेको प्रष्ट पारे। उनले भारतले हाइड्रो र कनेक्टिभिटीमा सहयोग गरिरहेको पनि बताए ।

उनले भने,  ‘हामी मित्रको रुपमा काम नेपालसँग सगै काम गर्न चाहन्छौं । लगानी र व्यापारमा मिलेर काम गछौं । म भारत र विश्वकै लगानीकर्ताहरुलाई नेपालमा लगानी गरेर अवशरको सदुपयोग गर्न आह्वान गर्दछु ।’

भारतका राजदूत नवीन श्रीवास्तवले भारत नेपालमा सबैभन्दा बढी प्रत्यक्ष लगानी गर्ने मुलुक भएको बताए । उनले नेपाल र भारत बीच सभ्यता पूरानो सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदी र छिमेक पहिले नीति अनुसार काम गरेको पनि बताए । 

कान्तिपुर

Link copied successfully