नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्न अमेरिका तयार : अमेरिकी राजदूत थम्प्सन  

काठमाडौँ — अमेरिकी राजदूत डिन आर. थम्प्सनले नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्न अमेरिका तयार रहेको बताएका छन् ।

नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी गर्न अमेरिका तयार : अमेरिकी राजदूत थम्प्सन  

तेस्रो लगानी सम्मेलनमा आइतबार आयोजित उद्घाटन सत्रमा बोल्दै राजदूत डिन आर. थम्प्सनले भने, ‘यी ७७ (कुटनीतिक सम्बन्ध) वर्षहरूमा अमेरिकाले नेपालको आर्थिक वृद्धिलाई प्रवर्द्धधन गरेको छ । र, नेपालको आर्थिक भविष्यका लागि प्रतिबद्ध रहेको छ ।’

उनले सबै नेपालीका लागि आर्थिक अवसरहरू सिर्जना गर्ने साथै महिला र सीमान्तकृत समुदायहरू केन्द्रित थप परियोजनाहरू सहित सहयोग गर्न अमेरिका तयार रहेको बताए । उनले अमेरिकाले वित्तीय सेवा र व्यवसाय विकास सेवाहरूमा नेपालको निजी क्षेत्रको पहुँच र व्यापारिक वातावरणमा सुधार, बलियो र अधिक उत्पादनशील कृषि क्षेत्रलाई प्रवर्द्धधन गर्दै नेपालको उच्च–प्रविधि क्षेत्रको विकास गर्न मद्दत गरिरहेका बताए ।

अमेरिकाका दक्षिण तथा मध्य एसिया क्षेत्रका सहायक विदेशमन्त्री डोनाल्ड लुले भिडियोमार्फत सम्बोधन गर्दै नेपाललाई सन् २०२६ बाट कम विकसित मुलुकबाट माथि उक्लनको लागि सहयोग गर्ने उल्लेख गरे । सोही अवसरमा भिडियोमार्फत सम्बोधन गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसीसी परियोजना अन्तरगत स्वच्छ उर्जा र यातायात तथा सडक पूर्वाधारमा काम भइरहेको बताइन् ।

यस्तै, अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रशासक सामान्थ पावरले पनि भिडियोमार्फत सम्बोधन नेपाल विभिन्न क्षेत्र चर्चासहित लगानीको लागि महत्वपूर्ण स्थान भएको चर्चा गरिन् ।

प्रकाशित : वैशाख १६, २०८१ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?