नेपालमा लगानीकर्तालाई सुरक्षा दिन्छौँ : उपप्रधानमन्त्री लामिछाने

वैशाख १७, २०८१

कान्तिपुर संवाददाता

We provide protection to investors in Nepal: Deputy Prime Minister Lamichhane

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीकर्तालाई सुरक्षा दिने प्रष्ट पारेका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सोमबार बोल्दै लामिछानेले गृह मन्त्रालयको तर्फबाट नेपालमा लगानी गर्दा सुरक्षाको प्रत्याभूति दिने बताएका हुन् ।

उनले नेपालमा अन्य समूह तथा राजनीतिक दलहरुकै भातृ संगठनहरुले पनि अवरोध गरेको पृष्ठभूमिलाई उल्लेख गर्दै गृह मन्त्रालयले लगानीकर्ताहरुलाई पूर्णरुपमा सुरक्षा दिने प्रष्ट पारेका हुन् ।

साथै, उनले लगानीकर्ताहरुलाई नै मध्येनजर राखेर सरकारले कानुनहरु संशोधन गरेको उल्लेख गर्दै विदेशी लगानी कर्ताहरुलाई नेपालमा लगानी बढाउन आग्रह गरे । 

कान्तिपुर

Link copied successfully