नयाँ हल खोल्नेलाई १० वर्षसम्म आयकर छुट 

संगीत, कला तथा साहित्यसम्बन्धि अध्ययनलाई देशैभर प्रवर्द्धन गर्ने

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Income tax exemption for 10 years for those opening new halls

काठमाडौँ — महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट दिने व्यवस्था गरिएको छ । संघीय संसद्‌मा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै 'लगानी प्रोत्साहन र संरक्षण'को क्षेत्रमा यो कर छुटको व्यवस्था गरिएको जनाएको हो । 

'महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई सुरूको १० वर्षसम्म पूर्ण रूपले आयकर छुट दिने व्यवस्था मिलाएको छु,'बजेट भाषणमा मन्त्री वाग्लेले भने । 

त्यस्तै, संगीत कला तथा साहित्यसम्बन्धी अध्ययनलाई प्रवर्द्धन गर्दै एथ्नोम्युजिकोलोजी म्युजिक सेन्टर स्थापनाका लागि रकम छुट्याइएको पनि उनले घोषणा गरे । 'संगीत कला तथा साहित्यसम्बन्धी अध्ययनलाई देशैभर प्रवर्द्धन गर्नेछौं । राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिच्युट एवं एथ्नोम्युजिकोलोजी म्युजिक सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु,'वाग्लेले भने ।

यसअघि बजेटले महत्त्व दिँदै आएको बनेपा इन्डोर फिल्म स्टुडियोलाई भने यसपटक समेटिएको छैन । 

कान्तिपुर

Link copied successfully