दिपेन्द्र शाक्य

दिपेन्द्र शाक्यका लेखहरु :

चैनपुरमा बसले किचेर सहचालकको मृत्यु

चैनपुर नगरपालिका–६ जिरो प्वाइन्टस्थित चैनपुर नुनढाकी सडकखण्डमा बसको चक्काले किचेर सहचालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोला का ३० वर्षीय मनोज खड्काको बसले किचेर मंगलबार मृत्यु भएको हो । 

मुआब्जा विवाद मिलेपछि अरूण तेस्रो आयोजनाको काम ६७ दिनपछि सुरू

मुआब्जा विवाद मिलेपछि ६७ दिनदेखि ठप्प रहेको ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्‌गृहस्थलको काम बिहीबारबाट सुरू भएको छ ।

कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी

मृतकका आफन्तले जिल्ला कारागारमा भएको दुई कैदी मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

संखुवासभा पाँचखपन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी

संखुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा कांग्रेसका विपीन राई विजयी भएका छन् भने उपप्रमुखमा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ विजयी भएकी छन् ।

संखुवासभाको भोटखोला गाउँपालिकामा एमालेका लामा विजयी

संखुवासभाको भोटखोला गाउँपालिका अध्यक्षमा एमालेका वाङ छेदर लामा विजयी भएका छन् । उनले १ हजार ८ सय ३ मत ल्याएर विजयी भएका हुन् ।

संखुवासभाको मकालुमा कांग्रेसका शेर्पा र माओवादीकी राई विजयी  

मकालु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वाङ्दिछिरिङ शेर्पा विजयी भएका छन् । उनले ३ हजार  १७ मत ल्याए । उपप्रमुखमा माओवादी केन्द्रका मनकला राई २७ सय ५९ मत ल्याएर विजयी भइन् ।

संखुवासभा खाँदबारीको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया र उपमेयरमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएका छन् । थपलियाले ८ हजार ३४ मत ल्याए  भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५५ सय ८९ मत ल्याए ।

संखुवासभाको सिलिचाेङ गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

सङ्खुवासभाकाे सिलिचाेङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्षमा भूपाल राई विजयी भएका छन् । उनले २ हजार २ सय ३ मत ल्याए ।