अधिवेशनले श्रेष्ठलाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको हो।
संखुवासभा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संखुवासभाको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट भक्तनारायण श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन भएको छ।
अधिवेशनले श्रेष्ठलाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको हो। उनी यसअघि पनि रास्वपा संखुवासभाका सभापति रहिसकेका छन्। नयाँ कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा बजगाई र सहसचिवमा सन्तोष बस्नेत निर्विरोध चयन भएका छन्।
सभापति श्रेष्ठले संगठनलाई जिल्लाभर थप मजबुत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
