निर्वाचनमा पराजयपछि सरिन तामाङले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्।
विराटनगर — रास्वपा कोशी प्रदेश सभापतिमा मोरङका चन्द्र राई निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिस्पर्धी सरिन तामाङलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन्।
निर्वाचनमा कुल ७ सय २ मत खसेको थियो। राईले २ सय ८० मत प्राप्त गरेका छन्। प्रतिस्पर्धीमध्ये सरिन तामाङले १ सय ४१ मत, चन्द्रकुमार गौलीले २७ मत र खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरे।
निर्वाचनमा पराजयपछि सरिन तामाङले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्, 'आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।'
