दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङखुखोलामा बाढीले मध्यपहाडी लोकमार्ग बगाएपछि सडक अवरुद्ध भएको छ ।
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङखुखोलामा बाढीले मध्यपहाडी लोकमार्ग बगाएपछि सडक अवरुद्ध भएको छ । शुक्रबार साँझको बाढीले सडक बगाएपछि अवरुद्ध भएको हो ।
सडक बगाएपछि भोजपुरबाट काठमाडौं र भोजपुरतर्फ जाँदै गरेको बस, सुमो र मोटरसाइकल यात्री अलपत्र परेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ का वडाअध्यक्ष दिनेश कठायतले बताए । सडक खुलाउनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको डोजर झिकाइएको कठायतले बताएका छन् ।
सडक खुल्न समय लाग्ने उनको भनाइ छ । ‘सडक बनाउन नगरपालिकाको डोजर झिकाइएको छ,’ कठायतले भने, ‘सडक बनाउनुपर्ने भएकाले समय लाग्छ ।’
