आइतबार सम्पन्न प्रथम अधिवेशनले गुरुङको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
पाँचथर — राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको सभापतिमा प्रकाश गुरुङ चयन भएका छन् ।
आइतबार सम्पन्न प्रथम अधिवेशनले गुरुङको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जबेगु र कविहाङ सेलिङ तथा कोषाध्यक्षमा सिर्जना इजम सर्वसम्मत भएका छन् ।
यस्तै सदस्यहरुमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरी निरौला, खगेन्द्र सिग्देल, प्रयागराज सुवेदी र इन्द्र लावती चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनले विभिन्न २६ वटा समितिका सदस्य रञ्जन ओझाले जानकारी दिए ।
रास्वपाले आइतबार नै जिल्ला अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनले सबै पदका पदाधिकारी, सदस्य र समिति संयोजकहरु सर्वसम्मत चयन गरेको हो ।
