कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

प्रभु बैंकको शैक्षिक केन्द्र 

भाद्र ३१, २०८१
प्रभु बैंकको शैक्षिक केन्द्र 

काठमाडौँ — प्रभु बैंकले पोखरामा शैक्षिक केन्द्र स्थापना गरेको छ । बैंकको गण्डकी प्रदेश कार्यालयअन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरूका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्र स्थापना गरेको जनाएको छ ।

छिटो र सहज तरिकाले शैक्षिक कर्जा प्रदान गर्ने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको बैंकले बताएको छ । यसबाट उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरू विभिन्न देशका विश्वविद्यालयमा भर्ना हुन आवश्यक वित्तीय लागत परिपूर्ति गर्न आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा सहयोग पुग्ने विश्वास लिएको बैंकको भनाइ छ ।

प्रकाशित : भाद्र ३१, २०८१ ०६:५२
x
×