कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

एमजी मोटरको स्मार्ट सीयूभी विन्डसर 

भाद्र ३१, २०८१
एमजी मोटरको स्मार्ट सीयूभी विन्डसर 

काठमाडौँ — एमजी मोटर इन्डियाले स्मार्ट सीयूभी र विन्डसर सार्वजनिक गरेको छ । भारतमा पहिलो स्मार्ट सीयूभी अर्थात् क्रसओभर युटिलिटी भेहिकल लन्च गरिएको कम्पनीले जनाएको छ । उक्त गाडी सेडानको आराम र एसयूभीको व्यापकता मिलाएर नयाँ मानक सेट गर्ने प्रतिबद्धता कम्पनीको रहेको बताइएको छ ।

एमजी विन्डसर एरोग्लाइड डिजाइन गरिएको कम्पनीको भनाइ छ । गाडीमा १८ इन्चको डायमन्ड कट अलोय चक्का, उच्च ग्राउन्ड क्लियरेन्स, १५.६ इन्चको ग्रान्ड भ्यु टच डिस्प्लेलगायत विशेषता छन् । भारतमा एमजीको उक्त गाडी सार्वजनिक भएसँगै नेपालमा उक्त ब्रान्डको अधिकृत वितरक पारामाउन्ट मोटर्सले नेपालमा भित्र्याउने जनाइएको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ ०६:५२
x
×