कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

नेपाली बजारमा लिपमोटरको सी १० आउँदै

भाद्र १९, २०८१
नेपाली बजारमा लिपमोटरको सी १० आउँदै

काठमाडौँ — नेपालमा लिपमोटरको अधिकृत बिक्रेता सांग्रिला मोटर्सले बजारमा लिपमोटरको सी १० ल्याउने भएको छ ।

लिपमोटर ब्रान्डको लक्जरी विद्युतीय एसयूभी सी १० नेपाली र युरोपियन बजारमा एकसाथ ढुवानी सुरु भएकाले चाँडै कम्पनीले उक्त गाडी बजारमा ल्याउने जनाएको हो ।

लिपमोटर सी १० मा ६९.९ किलोवाटको एलएफपी ब्याट्री, १६० किलोवाटको पावर र ३२० एनएम टर्क रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले लिपमोटर सी १० काठमाडौं, बिर्तामोड, बीरगञ्ज, बिराटनगर, दाङ, नारायाणघाट, बुटवल, नेपालगञ्ज र पोखरामा वितरण गर्ने तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०८१ २२:१२
x
×