कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बालकुमारी सहकारीको रजत महोत्सवमा रक्तदान कार्यक्रम

भाद्र २९, २०८१
बालकुमारी सहकारीको रजत महोत्सवमा रक्तदान कार्यक्रम

काठमाडौँ — बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं स्थापना दिवस तथा रजत महोत्सवमाको सप्ताव्यापी कार्यक्रमअन्तर्गत शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

मध्यपुर थिमिस्थित शंखधरचोक (भाःफल्चा) मा आयोजना गरेको रक्तदान कार्यक्रममा ७८ जना पुरुष र २४ जना महिलाले रक्तदान गरेको आयोजकले जनाएको छ । रक्तदाताहरुलाई प्रमाणपत्र र टिसर्ट दिइएको थियो ।

नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय उपमहामन्त्री मनोज थापा, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य, सहकारी संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठसहितका पदाधिकारी, शेयर सदस्य, शुभेच्छुक एवं रक्तदाताहरु सहभागी थिए ।

प्रकाशित : भाद्र २९, २०८१ २०:५३
×