कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दिपलको एक्सचेन्ज कानिर्भल

भाद्र ३०, २०८१
दिपलको एक्सचेन्ज कानिर्भल

काठमाडौँ — नेपालका लागि चांगान तथा दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल एक्सचेन्ज कानिर्भल आयोजना गर्ने भएको छ । कम्पनीले यही भदौको ३१ देखि असोज ३ सम्म काठमाडौंको गौरीधारास्थित सिल्भरओकमा उक्त एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराएको छ ।

एक्सचेन्ज कार्यक्रममा ग्राहकले कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका इलेक्ट्रिक भेहिकल खरिद गर्न सक्न सकिने जनाइएको छ ।

ग्राहकले ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको प्रिमियम इभी एस०७ खरिद गर्न सक्नेछन् । ग्राहकले एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स, तीन किलोवाटको ट्राभल चार्जर र सात किलोवाटको होम चार्जर पाउन सकिने कम्पनीले बताएको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ ०७:२३
×