कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

अमरसिंह माविलाई सिद्धार्थ बैंकले बनाइदियो हल 

भाद्र ३०, २०८१
अमरसिंह माविलाई सिद्धार्थ बैंकले बनाइदियो हल 

काठमाडौँ — सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्कीमा रहेको अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहीन शाखामा निर्माण गरिदिएको बहुउद्देश्यीय हल हस्तान्तरण गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया र विद्यालयका अध्यक्ष कृष्णप्रसाद कोइरालाले उक्त हलको उद्घाटन गरे । बैंकले उक्त हल निर्माण गर्नुका साथै विद्यालयलाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरण सोलार, यूपीएस र ब्याट्री पनि प्रदान गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीको आवश्यकता पूरा गर्दै उनीहरूको आत्मविश्वासमा पनि वृद्धि ल्याउने विश्वास लिइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्यालयलाई प्रदान गरिएका कम्प्युटरमार्फत विद्यार्थीलाई आधुनिक प्रविधिमा पोख्त बनाउन, शैक्षिक सामग्री अनलाइनमार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्मा भए पनि मद्दत पुर्‍याउने विश्वास बैंकले लिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ ०७:२४
×