कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टाइम्स कलेज र आईबीएमको सहकार्य 

भाद्र २९, २०८१
टाइम्स कलेज र आईबीएमको सहकार्य 

काठमाडौँ — विश्वकै ठूलो सूचना प्रविध कम्पनी तथा औद्योगिक अनुसन्धान केन्द्र आईबीएमको करियर एजुकेसनसँग काठमाडौंको डिल्लीबजारस्थित दि टाइम्स इन्टरनेशनल कलेजले सहकार्य सुरू गरेको छ ।

आईबीएमको करियर एजुकेसनअन्तर्गत विज्ञहरूले विद्यार्थीहरूलाई प्रशिक्षण तथा तालिम प्रदान गर्ने कलेजले जनाएको छ ।

‘आईबीएमको तालिमप्राप्त गरि समयसापेक्ष ज्ञान र सीप प्राप्त गर्नु र सर्टिफाइड हुन पाउनु विद्यार्थीका लागि निकै राम्रो अवसर हो,’ कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले भने, ‘न्यून शुल्कमा ग्लोबल एक्सपोजरसहित रोजगारीको ग्यारेन्टी भएको कोर्स विद्यार्थीका लागि निकै लाभदायी हुन्छ ।’ उनका अनुसार दूर शिक्षासँगको समन्वयमा आईबीएमको करियर एजुकेशनसँग सहकार्य गरिएको हो । टाइम्सका स्नातक कार्यक्रममा भर्ना हुनु भनेको शिक्षासँगै रोजगारी प्राप्त गर्ने अवसर भएको न्याैपानेकाे भनाइ छ ।

न्यौपानेका अनुसार बीसीए पढेर सफ्टवेयर डेभलपर, मोबाइल एप डेभलपर, नेटवर्क र सेकुरिटी एक्स्पर्ट, डाटाबेस डेभलपर, प्रोजेक्ट म्यानेजर, वेब डिजाइनर, प्रोजेक्ट म्यानेजर, आइटि अफिसर, क्लाउड सोलुसन अर्किटेक्ट, डेटा वैज्ञानिक, एआइ डेभलपर, लगायत बन्न सकिन्छ भने बीबीएम पढेर बिजनेस इन्टेलिजेन्स एनालिस्ट, मार्केटिङ एनालिस्ट, फाइनान्स अफिसर, मार्केट रिसर्च एनालिस्ट, सप्लाई चेन एनालिस्ट, बैंक म्यानेजर, प्रोजेक्ट म्यानेजर, आफ्नै व्यवसाय सञ्चालन गर्ने उद्यमी लगायत बन्न सकिन्छ ।

प्रकाशित : भाद्र २९, २०८१ १२:५८
×