कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

एससीटीको ‘तिर्की दाउ : ट्रायल अफर’

भाद्र १९, २०८१
एससीटीको ‘तिर्की दाउ : ट्रायल अफर’

काठमाडौँ — स्मार्ट चोइस टेक्नोलोजिज (एससीटी) ले ‘तिर्की दाउ : ट्रायल अफर’ सार्वजनिक गरेको छ । एससीटीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी उक्त अफर ल्याएको जनाएको छ ।

यस अफरअन्तर्गत ग्राहकले कम्पनीको डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पीओसमार्फत विद्युतीय कारोबारमा ७ सय ७७ रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले यस अवधिमा छ महिनादेखि प्रयोगमा नल्याएको एससीटी–यूपीआई प्रयोग गरेमो १ सय ११ र तीन वा सोभन्दा धेरै पटकको कारोबारमा ३ सय ३३ रुपैयाँको क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।

क्यासब्याकका लागि भने कारोबार रकम पाँच सय रुपैयाँभन्दा धेरै हुनुपर्ने र दिनमा एक पटकको कारोबार मात्र मान्य हुने कम्पनीले जानकारी दिएको छ ।


प्रकाशित : भाद्र १९, २०८१ ०६:३२
x
×