कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

महालक्ष्मी विकास बैंक र केबी कम्पनीबीच सम्झौता

भाद्र १९, २०८१
महालक्ष्मी विकास बैंक र केबी कम्पनीबीच सम्झौता

काठमाडौँ — महालक्ष्मी विकास बैंक र केबी चित्रकार एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसँग सम्झौता भएको छ । बैंक र कम्पनीबीच नेपाल वित्तीय प्रतिवेदन मापदण्डअनुरूप ‘एनएफआरएस ०९ : एक्सपेक्टेड क्रेडिट लस’ (ईसीएल) मोडल कार्यान्वयनका लागि सम्झौता भएको हो ।

उक्त सम्झौताबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न सहयोग पुग्ने जनाइएको छ ।

साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्ड पूरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न र नियामक निकायबाट जारी निर्देशनको प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंकलाई सहयोग पुग्ने उल्लेख गरेको छ ।


प्रकाशित : भाद्र १९, २०८१ ०६:३३
x
×