कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

चाबहिलमा जुत्ता–चप्पल व्यापार मेला सुरु

भाद्र २२, २०८१
चाबहिलमा जुत्ता–चप्पल व्यापार मेला सुरु

काठमाडौँ — चाबहिलमा जुत्ता–चप्पल व्यापार मेला सुरु भएको छ । स्वदेशी कम्पनीहरूको संयुक्त आयोजनामा सुरु भएको व्यापार मेलाको नारा ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ छ ।

दसैंको अवसर पारेर चाबहिलको चुच्चेपाटीस्थित हायात हाई ग्राउन्डमा सञ्चालित मेला फूलपातीसम्म सञ्चालन हुने मेला संयोजक दिवाकर गिरीले जानकारी दिए ।

मेलामा शिखर, रन, हाइलाइफ, सिल्स, बोस, स्वदेश प्राइड, आइडल, वान वर्ल्ड, भेनस, एक्ट्रा, शु ल्यान्ड, बेली, डिजे कलेक्सन र हिमानी कलेक्सन गरी १४ कम्पनीका ५० भन्दा धेरै ब्रान्डका ८ हजारभन्दा बढी डिजाइनका जुत्ता–चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको गिरीले बताए । कम्पनीहरूले हालै उत्पादन गरेका नयाँ नयाँ डिजाइनका जुत्ता–चप्पल पनि बिक्री तथा प्रदर्शनीका

लागि मेलामा राखिएको उनको भनाइ छ । मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट पाइने उनले जनाए ।

प्रकाशित : भाद्र २२, २०८१ १०:४७
x
×