कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कांग्रेसप्रति प्रधानमन्त्री दाहाल आक्रोशित : 'तपाईंहरूको गतिविधि एउटा कलंकका रूपमा रहनेछ'

'नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्नेछ । आजको तपाईंहरूको गतिविधि नेपालको इतिहासमा एउटा कलंकका रूपमा रहनेछ'

काठमाडौँ — आफूले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभामा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल आक्रोशित रूपमा प्रस्तुत भएका छन् ।

कांग्रेसप्रति प्रधानमन्त्री दाहाल आक्रोशित : 'तपाईंहरूको गतिविधि एउटा कलंकका रूपमा रहनेछ'

एमाले नेता विष्णु पौडेलले बोलेपछि रोस्ट्रममा जवाफ दिन पुगेका प्रधानमन्त्री दाहालले आफूले कांग्रेसलले पटक-पटक सहयोग गरे पनि आजको गतिविधिले दु:खी बनाएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले अवरोधमा उत्रिएका कांग्रेस सांसदलाई सम्बोधन गर्दै भने, 'तपाईंहरूले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक-पटक तपाईंहरूलाई साथ थियो त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले एउटा नराम्रो उदाहरण पेस गर्नुभयो त्यसको निम्ति म गहिरो दु:ख व्यक्त गर्न चाहन्छु ।'

त्यस्तै प्रधानमन्त्री दाहालले आजको गतिविधिका कारण कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने पनि बताएका छन् । 'नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्नेछ । आजको तपाईंहरूको गतिविधि नेपालको इतिहासमा एउटा कलंकका रूपमा रहनेछ,' प्रधानमन्त्री दाहालले भने ।

प्रकाशित : जेष्ठ ७, २०८१ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×