२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कांग्रेसद्वारा संसद्‌मा वेल घेराउ, प्रधानमन्त्रीले विश्वासको मत लिने अनिश्चित

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको भएपनि कांग्रेसले संसद बैठक अवरुद्ध पारेसँगै अनिश्चित भएको हो ।

कांग्रेसद्वारा संसद्‌मा वेल घेराउ, प्रधानमन्त्रीले विश्वासको मत लिने अनिश्चित

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गरे । तर कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरे ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिएको छ । आजको बैठकमा सभामुखले सरकारी कार्यसूचीमा प्रवेश गर्न लागेसँगै कांग्रेस सांसदहरुले वेल घेराउ गर्न पुगेका हुन् । सभामुखले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको भन्दै त्यसका लागि रोस्ट्रममा जाने वातावरण बनाइदिन अनुरोध गरेका थिए । तर कांग्रेसको अवरोध नहटेपछि सभामुखले बैठक अघि बढाउन सकेनन् । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।

प्रकाशित : जेष्ठ ७, २०८१ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x