कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कांग्रेसको अवरोधपछि मंगलबारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । 

कांग्रेसको अवरोधपछि मंगलबारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

कांग्रेसको विरोधपछि बैठक मंगलबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित भएको छ । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरूमाथि औंला ठड्याउने काम भइरहेको बताएका थिए ।

उनले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आशन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए । अध्यक्षको आग्रहपछि पनि कांग्रेसले उठेर विरोध जनाएपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गरेका हुन् ।

प्रकाशित : जेष्ठ ७, २०८१ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×