कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

फालेलुङका उदय केरुङ पुगे सगरमाथाको चुचुरो

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिका-३ का ३३ वर्षीय उदय केरुङले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आइतबार बिहान ६ बजेर ८ सेकेन्ड जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

फालेलुङका उदय केरुङ पुगे सगरमाथाको चुचुरो

यसअघि ‘मेरा पिक’ र विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेका केरुङ यस पटक एट–के एक्सपिडिसन ट्रेकिङ कम्पनीमार्फत सगरमाथाको आरोहणमा गएका थिए ।

उनी बिहीबार मध्यरात आधार शिविरबाट आरोहण दलका २२ जना सदस्यसँगै सगरमाथा चुचुरोतर्फ प्रस्थान गरेका थिए । आरोहण दलमा सहभागीमध्ये अधिकांशले बिहान ७ बजेभित्र सगरमाथाको सफल आरोहण गरिसकेको एट–के एक्सपिडिसन कम्पनीका व्यवस्थापक पेम्बा शेर्पाले बताए ।

सगरमाथा आरोहण गर्ने केरुङ पाँचथरको फालेलुङ गाउँपालिकाको दोस्रो र पाँचथर जिल्लाकै तेस्रो व्यक्ति हुन् । यसअघि पाँचथर मङजावुङका सुशील सेर्मा र फालेलुङकै किशोर जवेगुले सगरमाथा आरोहण गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ ६, २०८१ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×