कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सुनसरीमा मनाइयाे गिद्ध सचेतना दिवस

भाद्र २२, २०८१
सुनसरीमा मनाइयाे गिद्ध सचेतना दिवस

सुनसरी — ‘प्रकृतिको कुचीकार’को उपमा पाएको गिद्धबारे जनचेतना जगाउँदै सुनसरीमा १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ ।

कोशी टप्पु लर्लिङ ग्राउन्डको आयोजनामा कोशी टप्पु वन्यजन्तु आरक्ष परिसरमा शनिबार आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी र स्थानीयलाई गिद्ध संरक्षणका बारेमा प्रशिक्षण दिइएको हो ।

पछिल्लो समय लोप हुँदै गएको गिद्धको संरक्षणका लागि विद्यार्थीका माध्यमबाट सचेतना जगाउँदा प्रभावकारी हुने देखिएकाले विभिन्न विद्यालयका विद्यार्थीलाई भेला गरेर कार्यक्रम गरिएको आयोजक कोशी टप्पु लर्लिङ ग्राउन्डका संयोजक राजकुमार सिंहले बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मात्रै विभिन्न ७ प्रजातिका गिद्ध पाइने सिंहले जानकारी दिए । पछिल्लो समय सीमसार मासिँदै जानु र गिद्ध बस्ने अग्ला सिमल, सखुवा लगायत रुख मासिँदै गएपछि गिद्धको संख्यामा कमी आएको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए । लोप हुँदै गएको गिद्ध संरक्षणका लागि स्थानीय तह आफैं सक्रिय हुनुपर्ने कोशी गाउँपालिका–३ का वडाध्यक्ष सुलेमान मन्सुरीले बताए ।

प्रकाशित : भाद्र २२, २०८१ १८:१८
×