२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सुनको मूल्य तोलामा नौ सय रुपैयाँले वृद्धि

काठमाडौँ — स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नौ सय रुपैयाँले वृद्धि भएको छ । 

सुनको मूल्य तोलामा नौ सय रुपैयाँले वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार नौ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार एक सय रुपैयाँ निर्धारण गरिएको महांघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । आइतबार एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : जेष्ठ ७, २०८१ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x