कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सरकार परिवर्तनको कोसिस असफल भएपछि कांग्रेस बेचैन भयो : विष्णु पौडेल

कांग्रेसले कस्तो प्रकारको लोकतन्त्रको अभ्यास गरेको हो ?

काठमाडौँ — एमाले उपाध्यक्ष विष्णु पौडेलले  प्रधानमन्त्रीले संविधानअनुसार विश्वासको मत लिन खोज्दा विरोध गरेर कस्तो लोकतन्त्रको अभ्यास गरेको भन्दै  कांग्रेससँग प्रश्न गरेका छन् ।

सरकार परिवर्तनको कोसिस असफल भएपछि कांग्रेस बेचैन भयो : विष्णु पौडेल

कांग्रेसले वेलघेराउ गरिरहेका बेला प्रधानमन्त्रीले राखेको विश्वासको मतमाथिको छलफलमा भाग लिंदै पौडेलले सरकार परिवर्तनको कोसिस असफल भएपछि कांग्रेसले बेचैनी प्रकट गरेको बताए ।

'सरकार परिवर्तका कोसिस माकुरोको जालोजसरी च्यातिए । सरकार परिवर्तनको पर्दापछिको खेल च्यातिएपछि यो प्रतिक्रिया आएको हो' एमाले उपाध्यक्ष पौडेलले भने,'नेपाली कांग्रेसका यो प्रतिक्रियाहरूको अनुमान हामी गर्छौं । बेचैनी छटपटी प्रकट गर्ने होइन । संवैधानिक प्रबन्धअनुसार अगाडी बढाउनुपर्छ । संविधानको व्यवस्थाअनुसार संविधानले निर्धारण गरेको कर्तव्य अनुसार सदनको विश्वास लिन प्रधानमन्त्रीले खोज्नुभएको हो ।'

उनले प्रधानमन्त्रीमाथि सदनको झन् ठूलो विश्वास रहेको बताए । 'कांग्रेसले कस्तो प्रकारको लोकतन्त्रको अभ्यास गरेको हो ? यो कस्तो लोकतन्त्रको अभ्यास हो ?' पौडेलले भने,' तपाईंहरुले नाराबाजी र वेल घेराउ गर्नुभएको छ । तर प्रधानमन्त्रीलाई दर्‍हो साथ हुनेछ । यो प्रतिनिधिसभाले निर्वाचित सरकारले पूरा कार्यकाल पुरा गर्नेछ ।'

प्रकाशित : जेष्ठ ७, २०८१ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×