कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

किन बढ्दैछ बाघको आक्रमण ?

श्रावण २२, २०८१
किन बढ्दैछ बाघको आक्रमण ?

काठमाडौँ — गत बिहीबारमात्रै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका २ कमलशा टोलमा बाघको आक्रमणमा परी २६ वर्षीया हीरादेवी शाहको मृत्यु भयो । बाघको आक्रमणपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले ५ हात्ती र प्राविधिक टोली परिचालन गरेर दुई दिनको प्रयासपछि बाघलाई नियन्त्रणमा लिए ।

कञ्चनपुर घटनाको दुई दिनपछि आइतबार बिहानै चितवनको नारायणी नदी किनारमा स्थानीय ६० वर्षीय पशुपति श्रेष्ठ बाघको आक्रमणमा परे । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले यो बाघलाई झण्डै १६ घन्टाको खोजीपछि नियन्त्रणमा लिए ।

एकपछि अर्को गर्दै बाघको आक्रमणमा मानिसहरु परिरहेको घटना नयाँ भने होइन् । किनकि पछिल्लो ६ आर्थिक वर्षमा बाघबाट ६८ मानिसको मृत्यु भएको छ । एकातिर बाघको आक्रमणमा परी मानिसहरुको मृत्यु हुने र घाइते हुनेक्रम बढिरहेको छ भने अर्कोतिर बाघको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको छ ।

ग्लोबर टाईगर फोरमका अनुसार संसारमा बाघको संख्या ५ हजार ५ सय ७४ पुगेको छ । संसारबाटै बाघको संख्या निरन्तर ओरालो लागिरहेको र बाघ नै लोप हुन्छ कि भन्ने चिन्ताका माझ सन् २०१० पछि बाघ संरक्षणको विश्वव्यापी पहलकै कारण बाघको संख्यामा ७४ प्रतिशतले वृद्धि भएको छ ।

नेपालमा भने पछिल्लो १२ वर्षमा बाघको संख्यामा तेब्बर वृद्धि भएको देखिन्छ । सन् २०१० मा १ सय २१ बाघ रहेकामा सन् २०२२ मा बढेर ३ सय ५५ पुगेको छ । वाईल्डलाईफ फोटो पत्रकार चुंग्बा शेर्पा बाघको आश्रयस्थलमा मानिसको बढ्दो अतिक्रमण भएपछि यस्तो अवस्था निम्तिएको तर्क गर्छन् । उनले बाघको मुख्य आहार मानिस नभए पनि मानिसमाथि बाघको आक्रमण बढ्नुको कारण बाघको बसोबासस्थलमा बढिरहेको मानवीय गतिविधि मुख्य कारण रहेको बताए ।

प्रकाशित : श्रावण २२, २०८१ १९:२७
x
×