३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

विश्वासको मत लिँदा देखाएको व्यवहारको कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा गरेको अवरोधको मूल्य कांग्रेसले चुकाउनुपर्ने बताएका छन् । सोमबार विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको बताए ।

विश्वासको मत लिँदा देखाएको व्यवहारको कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ : प्रधानमन्त्री

‘म अवरोधमा रहेका माननीयज्युहरुलाई खासगरी नेपाली काँग्रेसका सबै माननीय सदस्यहरुलाई भन्न चाहन्छु, तपाईंहरुले आज गलत गर्नुभयो । तपाईंहरुले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक पटक साथ दियो, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुले संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । त्यसको निम्ति म गहिरो दुःख प्रकट गर्न चाहन्छु । तपाईंहरुले नेपाली कांग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ, आजको तपाईंहरुको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रुपमा’प्रधानमन्त्री दाहालले भने ।


प्रकाशित : जेष्ठ ७, २०८१ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?