कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

कांग्रेसको नेतृत्वमा विपक्षी दलहरूको बैठक सुरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक सुरु भएको छ । सोमबार बिहान संसद भवनस्थित देउवाकै कार्यकक्षमा बैठक सुरु भएको हो ।

कांग्रेसको नेतृत्वमा विपक्षी दलहरूको बैठक सुरु

आजको संसद् बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताले भने, 'कांग्रेस सभापतिले बैठक बोलाउनु भयो । आजको संसद् बैठकमा यहाँ विपक्षी दलको धारणा र रणनीति के हो भन्ने छलफल हुँदै छ ।'

विपक्षी दलहरुले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । विपक्षी दलहरूले छानबिन समिति माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध पार्दै आएका छन् । जनता समाजवादी पार्टी नेपालले सरकार छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा आज विश्वासको मत लिँदै छन् ।

प्रकाशित : जेष्ठ ७, २०८१ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x