कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कांग्रेसको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेसँगै प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको भएपनि कांग्रेसले संसद बैठक अवरुद्ध पारेको हो ।

कांग्रेसको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित

सभामा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गरे । तर कांग्रेस सांसदहरुले बैठकमा नाराजुलुस गरेर वेल घेराउ गरे ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक सुचारु हुन नदिने अडान लिएको छ ।

आजको बैठकमा सभामुखले सरकारी कार्यसूचीमा प्रवेश गर्न लागेसँगै कांग्रेस सांसदहरूले वेल घेराउ गर्न पुगेका थिए । कांग्रेसको अवरोधसँगै १५ मिनेटका लागि बैठक स्थगित भएको सभामुख घिमिरेले घोषणा गरेका छन् ।

प्रकाशित : जेष्ठ ७, २०८१ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×