बैतडीमा बस दुर्घटना १ जनाको मृत्यु, १० घाइते

दुर्घटनामा मृत्यु हुनेमा दशरथचन्द–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक दिपककुमार रायले जानकारी दिए ।

असार ५, २०८३

मोहन चन्द

1 dead, 10 injured in bus accident in Baitadi

बैतडी — बैतडीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दस जना घाइते भएका छन् । 

कैलालीको धनगढीबाट बैतडी आउँदै गरेको सु.प.प्र ०१००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजेतिर दशरथचन्द नगरपालिका –४ शाहिलेक बजार नजिक छेलामा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा दशरथचन्द–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक दिपककुमार रायले जानकारी दिए । अन्य १० जना सामान्य घाइते भएका उनले बताए । 

घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३० मिटर तल खसेको छ । बसमा चालकसहित १२ जना सवार थिए । 

चालक पाटन नगरपालिका–८ बस्ने ३७ बर्षीय केशव महरालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully