सेवाग्राहीले कार्यालय प्रवेश गरेको एक घण्टाभित्र काम सक्ने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए ।
गाउँपालिकाले चार वर्षयता प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइदै आएको अध्यक्ष कर्णसिंह साउँदले बताए ।
सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा बैतडीका सडक र यात्रु सुरक्षा चिन्ताजनक बन्दै गएको छ।
सबै गर्भवतीले स्वास्थ्य संस्थामै गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेको सफलता कायम राख्न सबैले हातेमालो गर्नुपर्ने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
बैतडीलाई २०७२ सालमै पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो ।
दशरथचन्द नगरपालिका–६ दानीबगरमा भारतबाट भन्सार छली गरी ल्याएको ३ लाख २३ हजार २ सय मूल्य बराबरको बिंडी प्रहरीले बरामद गरेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा दशरथचन्द–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक दिपककुमार रायले जानकारी दिए ।
महालेखा परीक्षकको प्रतिवेदनमा बैतडीका १० वटै स्थानीय तहले गत आर्थिक वर्षमा खाना, खाजा र सभा सञ्चालनमा २ करोड १५ लाखभन्दा बढी खर्च गरेको देखिएको छ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा गरेको कार्य सम्पादन परीक्षणमा सिगास गाउँपालिका ७३.३२ अंक ल्याएर जिल्लामै पहिलो भएको हो ।
गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा बैतडीबाट ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । परीक्षामा ‘ननग्रेडेड’ परीक्षार्थी पूरक परीक्षामा सहभागी हुन लागेका हुन् ।