एसईईको पूरक परीक्षाका लागि बैतडीमा तीन केन्द्र

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा बैतडीबाट ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । परीक्षामा ‘ननग्रेडेड’ परीक्षार्थी पूरक परीक्षामा सहभागी हुन लागेका हुन् ।

जेष्ठ २३, २०८३

मोहन चन्द

Three centers in Baitadi for SEE supplementary exam

बैतडी — आउँदो असार १ देखि सञ्चालन हुने एसईई पूरक परीक्षाका लागि बैतडीमा तीन परीक्षा केन्द्र निर्धारण गरिएका छन् । माध्यमिक शिक्षा परीक्षा समन्वय समितिले बैतडीमा सञ्चालन हुने एसईई पूरक परीक्षाका लागि वीरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन र मणिलेक मावि काँडा मेलौली गरी तीन परीक्षा केन्द्र निर्धारण गरेको हो ।

वीरेन्द्र माविमा ५१, कृष्ण माविमा ५० र मणिलेक माविमा ३३ विद्यालयका परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख पुस्करराज शर्माले जानकारी दिए । असार १ देखि ९ गतेसम्म सञ्चालन हुने एसईई ग्रेडवृद्धि परीक्षामा ९ सय ६५ छात्रा र ८ सय ४ छात्र गरी १ हजार ७ सय ६९ परीक्षार्थी सहभागी हुँदै छन् । जिल्लाका १ सय ४२ विद्यालयमध्ये ८ विद्यालयका विद्यार्थी एसईईमा शतप्रतिशत उत्तीर्ण भएकाले १ सय ३४ विद्यालयका विद्यार्थी मात्रै एसईई पूरक परीक्षा सहभागी भएका हुन् ।

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा बैतडीबाट ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । परीक्षामा ‘ननग्रेडेड’ परीक्षार्थी पूरक परीक्षामा सहभागी हुन लागेका हुन् ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully