ढकारी गाउँपालिकाकी पूर्वउपाध्यक्ष लक्ष्मी साउदले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर चरित्र हत्या गर्दै मर्न बाध्य पारिएको बताइन् । उनले भनिन्, ‘फेसबुकमा लाइक, भ्युज र चर्चित बन्ने लोभमा चरित्र हत्या गर्ने काम गरिएको छ ।’
पुराना दलमा वर्षाैं काम गरेका नेतादेखि जनप्रतिनिधिहरुको प्रवेशले पार्टी अधिवेशनको मुखमा रास्वपामा नेताको 'व्यवस्थापन' गर्न चुनौती देखिएको छ ।
रहफ र भुलुका बासिन्दाले स्थानीय सरकारकै सेवा लिन अझै दुई दिन पैदल यात्रा गर्नुपरेको छ, चुनावका बेलाका आश्वासन कार्यान्वयन नहुँदा स्थानीय निराश छन्।
कम उमेरमै विवाह, पोषणको अभाव र अन्धविश्वासका कारण अछाममा मृत शिशु जन्माउनेको संख्या अपेक्षित रूपमा घट्न सकेकाे छैन । ६ वर्षयता जिल्लामा ३ सय ६२ शिशु मृत जन्मिएका छन् ।
कानुनी चेतना नपुगेकाले पीडा बाहिर ल्याउन यहाँका महिला हिचकिचाउँछन् । न्यायिक समितिभन्दा प्रहरी प्रशासनलाई बढी विश्वासिलो मान्ने पुरानो मानसिकता गाउँघरमा अझै कायमै छ ।
आफ्नै अभिभावक र राज्यका नीति निर्मातालाई अगाडि राखेर छोरीहरूले जसरी आँखामा आँखा जुधाई आफ्ना सवाल राख्न सके, त्यो दृश्य गौरवपूर्ण र भावुक थियो । सुदूरका चेलीका प्रश्न उठाउँदा कहिलेकाहीँ एक्लो महसुस गर्ने मलाई त्यहाँ साथहरू थपिएको अनुभूति भयो ।
एकै परिवारका १० दाजुभाइ अहिले जिल्लाका दुर्गमदेखि सुगमसम्मका विकास आयोजनामा खटिइरहेका छन्, यो एकता र मिहिनेतको अर्थ हो– विकासका लागि ठूला–ठूला मेसिन मात्रै होइन, कामप्रतिको निष्ठा र आपसी मेलमिलाप महत्त्वपूर्ण हुन्छ ।
बसाइँसराइ रोक्नु यो आयोजनाको सबैभन्दा प्राथमिक उद्देश्य थियो, तर परिणाम ठीक उल्टो देखिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवरले बताए ।
दरबारको विरासत जति भव्य छ, वर्तमानमा यसप्रति गरिएको उपेक्षा र सरकारी लापरबाहीको पाटो पनि उति नै दुःखद र उदेकलाग्दो छ ।
१५ वर्षअघि सम्झौता भएर पनि काम पूरा नगरी सर्वसाधरणलाई सास्ती दिएको भन्दै सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का रद्द गरी जरिवाना र क्षतिपूर्ति बापतको रकम सरकारी खातामा दाखिला गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।