अछामको मेल्लेख गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेल्लेख गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ज्वाला साउद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का निर्वाचित भएका हुन् ।
ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रकाश साउँद ३ हजार १ सय ८१ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मबहादुर साउँदले २५ सय ५५ मत प्राप्त गरे ।
अछामको सदरमुकाम मंगलसेन नगरपालिका-५ को मतदान सम्पन्न गर्ने सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ । नमुना मतदान केन्द्रको रुपमा मंगलसेन नगरपालिका-५ को ३ वटा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षा प्रमुखको सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको हो ।
जोखिममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गर्न सरकारले विनियोजन गर्दै आएको बजेट प्रभावकारी रूपमा परिचालन हुन सकेको छैन । हेलिकोप्टरबाट उद्धार हुँदा तीन वर्षमा ३ सय ६० आमाको ज्यान जोगिएको छ तर जानकारी र पहुँचको अभावमा यही अवधिमा ७ सय ८९ को मृत्यु भएको छ । समयमा उपचार नपाउँदा गर्भवती र सुत्केरीको मृत्यु भएको विषय स्थानीय तहको मुद्दा बन्न सकेको छैन ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अछामका राजनीतिक दलहरू प्रचारप्रसार र घरदैलोमा व्यस्त छन् । एमाले विभाजन र सत्तारुढ ५ दलबीचको गठबन्धनका कारण यसपटकको निर्वाचन परिमाण रोचक बन्ने देखिएको छ ।
स्थानीय तहका लागि नयाँ जनप्रतिनिधि चुन्ने दिन नजिकिँदै जाँदा पनि अछामको दुर्गम गाउँ रहफमा चुनावको रौनक देखिँदैन । भौगोलिक विकटताका कारण उम्मेदवारहरू सहजै यहाँ पुग्न सक्दैनन् ।