गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

उपमहानगरपालिकाले सोमबार सूचना जारी गर्दै असार ९ देखि १२ गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।

असार ८, २०८३

रञ्जना बिसी

Schools in Dhangadhi closed for four days due to rising heat

कैलाली — धनगढी उपमहानगरपालिकाले बढ्दो गर्मीका कारण नगर क्षेत्रभित्रका सबै विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा शाखाले सोमबार सूचना जारी गर्दै असार ९ देखि १२ गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।

गर्मीले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखेर विदा दिएको उपमहानगरले जनाएको छ । यो अवधlमा उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द रहने सूचनामा उल्लेख छ ।

केही दिनदेखि कैलालीलगायत तराइका जिल्लामा अत्याधिक गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ । 

रञ्जना

Link copied successfully