यस्तो छ सुदूरपश्चिम रास्वपाको नयाँ कार्यसमिति

नवनिर्वाचित प्रदेश कार्यसमितिको उपसभापति पदमा भोजराज जोशी निर्वाचित भएका छन् भने महामन्त्रीको जिम्मेवारी सन्तोष जोशीले प्राप्त गरेका छन् । त्यस्तै सह–महामन्त्रीमा पारस बाहुन र जसु भट्ट चयन भएका छन् ।

असार ३, २०८३

रञ्जना बिसी

This is the new working committee of the Sudurpaschim Rashtriya Swayamsevak Sangh (RSS).

कैलाली — धनगढीमा सम्पन्न रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनले प्रकाश विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले प्रदेशको सांगठनिक संरचनालाई पूर्णता दिँदै  विष्टलाई सभापतिमा निर्वाचित गरेको हो । उनीसँगै आगामी कार्यकालका लागि अन्य पदाधिकारीको पनि टुंगो लागेको छ ।

नवनिर्वाचित प्रदेश कार्यसमितिको उपसभापति पदमा भोजराज जोशी निर्वाचित भएका छन् भने महामन्त्रीको जिम्मेवारी सन्तोष जोशीले प्राप्त गरेका छन् । त्यस्तै सह–महामन्त्रीमा पारस बाहुन र जसु भट्ट चयन भएका छन् ।

कोषाध्यक्षको जिम्मेवारी गणेश बोहराले पाउँदा पार्टीको प्रदेश प्रवक्तामा तेज ठकुल्लालाई तोकिएको छ। समितिका नवनिर्वाचित पदाधिकारीहरूले प्रदेशभर पार्टीको नीति र एजेन्डालाई जनताको घरदैलोसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीको स्थापना कालदेखि नै पुर्‍याएको योगदानको कदर गर्दै आगामी दिनमा सांगठनिक सुदृढीकरणलाई प्राथमिकता दिने बताएका छन् । नयाँ नेतृत्वले प्रदेशका नौवटै जिल्लामा कार्यकर्ताहरूबीच समन्वय बढाउने, स्थानीय मुद्दाहरूलाई सशक्त रूपमा उठाउने र पार्टीको उपस्थितिलाई मजबुत बनाउने रणनीतिक योजना समेत बनाएको छ । 

रञ्जना

Link copied successfully