जब म यो धरामा अन्तिम सास फेर्नेछु र मेरो भौतिक देह पञ्चतत्त्वमा विलिन हुनेछ– तमाम मानिसले मलाई जसरी सम्झिए पनि मरिसकेको मेरा लागि त्यसले के नै अर्थ राख्छ र ? मलाई सम्झिनुको साँचो सार्थकता त जीवितै रहँदा पो हुनेछ ।
सहारा मरुभूमिले युगौंदेखि अन्वेषक, स्वप्नशील र जिज्ञासुलाई सम्मोहनमा पारेको छ । सदिऔंदेखि यहाँ यात्रारत छन्– व्यापारीहरू । क्याराभानमा तिनले सामान मात्रै ओसारपसार गरेनन्, समृद्ध सांस्कृतिक विरासत पनि नयाँ पुस्तालाई छाड्दै गए अनि विचार, दर्शन र सपनाहरूको आदानप्रदान गरे ।