२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

जीवा लामिछाने

जीवा लामिछानेका लेखहरु :

बांगाटिंगा रूखहरू : नसुल्झिएको रहस्य

पश्चिमी पोल्यान्डको ग्रिफिनो गाउँ पार गरेपछि एउटा सानो बस्ती सुरु हुन्छ– नोभोए जार्नोभा ! त्यस बस्तीसँग जोडिएको छ– एक सल्लाघारी । सल्लाघारीको यो जंगललाई स्थानीय (पोलिश) भाषामा ‘क्रिविई लास’ भनिन्छ, जसको अर्थ हुन्छ– बांगे बन– ‘क्रुक्ड फरेस्ट’ ।

आफ्नै नेतृत्वको क्रान्तिले जसलाई निल्यो

रन्दा लगाएको जस्तो चिल्लो ललाटमा कुनै मानचित्रझैं रातो टाटो देखिने व्यक्ति संसारको सबैभन्दा ठूलो देशको सर्वोच्च पदमा पुगेको डेढ वर्षपछि म उच्च शिक्षा अध्ययनका लागि मस्को पुगेको थिएँ, १९८६ को सेप्टेम्बरमा ।

नरसंहारको साक्षी

सुन्दा पनि कस्तो कहालीलाग्दो ! १७ अप्रिल १९७५ को दिउँसो । सुस्ताउँदै गरेको राजधानी फ्नोम पेन्ह । कार्यालयहरूमा ‘लन्च ब्रेक’ । पसलहरू आधा सटर मात्रै खुलेका, चोक–चोकमा चिया–पञ्चायती ।

अंगेला मर्केलका सोह्र वर्ष

कहिले डिपार्टमेन्टल स्टोरमा सामान किन्दै गरेको त कहिले सेमिनारको सिटमा बसेपछि मास्क बिर्सिएको चाल पाएपछि पोडियमतिर दगुर्दै गरेको जस्ता सामान्य घटनाका तस्बिर–भिडियो भाइरल भई सारा संसारको ध्यान खिच्ने अंगेला मर्केलले अब सायद गुमनाम जीवन रोज्न सक्छिन् ।

गैरआवासीयको कमाइ विविधीकरण गर्न जन्मभूमि नै सुरक्षित

म छात्रवृत्ति पाएर अध्ययन गर्न रुस गएको थिएँ । सन् १९९१ मा सोभियत संघ ‘कोल्याप्स’ भयो । रुसले राज्य नियन्त्रित अर्थ व्यवस्थालाई त्यागेर उनीहरू खुला बजार अर्थतन्त्रमा प्रवेश गरे । र, त्यही अवसर सदुपयोग गरेर त्यहाँ केही व्यवसाय सुरु गर्‍यौं । त्यहाँ पढेका अरू विदेशी साथीहरूले पनि साथ दिए । म व्यापारिक ब्याकग्राउन्डको नभए पनि बिजनेसमा प्रवेश गरेको हुँ ।