यति बेला नेपाल पहिलो र दोस्रो जनआन्दोलन जस्तै तेस्रो जनआन्दोलनको खोजीमा छ । सबैले यो कुरा बुझेका छन्— तेस्रो जनआन्दोलनको स्वरूप अघिल्ला दुई जनआन्दोलनको जस्तो हुनेछैन । किनभने, अनिवार्य समयका रूपमा आउने तेस्रो जनआन्दोलन वर्तमान राजनीतिको निरन्तरताका लागि गरिने आन्दोलन हुनेछैन ।
सरकार र माओवादीबीच बृहत् शान्ति सम्झौता भएपछि नेपालको परम्परागत राजनीतिमा आउने परिवर्तनलाई लिएर देशका बुद्धिजीवीहरू निकै आशावादी थिए । त्यति बेला बृहत् शान्ति सम्झौताले ल्याउन सक्ने ‘सकारात्मक’ परिवर्तनबारे प्रश्न गर्दा राजनीतिक चिन्तक प्रदीप गिरिचाहिँ त्यति आशावादी देखिनुभएको थिएन ।
संसारमा सर्वाधिक आधिकारिक मानिने सन्दर्भ–ग्रन्थ ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ को पछिल्लो संस्करणमा माओवादी जनयुद्धका प्रमुख ‘सेनापति’ कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर मार्क्स, एंगेल्स, लेनिन, माओ त्सेतुङ, हो ची मिन्ह, स्टालिन, ट्रटस्की लगायतका दार्शनिक र क्रान्तिकारी व्यक्तित्वहरूको लहरमा सजाएर राखिएको छ ।
संघीय गणतन्त्र नेपालको दोस्रो महानिर्वाचनका परिणाम निथारपिथारमा रहेको यो समयमा नेपाली सहरिया समाजका ‘प्रतिष्ठित’ मानिएका व्यक्तित्वहरूका मनमा स्वाभाविक जिज्ञासा उठेको छ— ओहो, अबको सरकार पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा बन्ने भो त ! घटनाक्रमको ‘स्वतःस्फूर्त’ विकासक्रम देखेर प्रधानमन्त्री देउवा आफैं आश्चर्यजनक द्विविधामा परेका होलान् । भाग्यमा छ भने दूध डोकामा दुहे पनि अडिन्छ !
संघीय गणतन्त्र नेपालको दोस्रो महा–निर्वाचन सम्पन्न भएको छ । यो चुनावको पूरै परिणामको घोषणासँगै सातवटा प्रदेशमा प्रदेशसभाहरूको गठन हुनेछ र संघीय गणतन्त्रको केन्द्रमा प्रतिनिधिसभाको गठन हुनेछ । महा–निर्वाचनको रमझम सुरु हुनुभन्दा निकै पहिलेदेखि नै संघीय राजधानी काठमाडौं, प्रादेशिक राजधानी सहरहरू र अरू महत्त्वपूर्ण सहरका एक्जिक्युटिभ क्लबहरूमा भावी प्रधानमन्त्रीको चर्चा सुरु भैसकेको थियो ।
समाजवादी चिन्तक प्रदीप गिरि लोकतन्त्रमा जनताले जनप्रतिनिधि चयन गर्न प्रत्येक पाँच वर्षमा गरिने चुनावलाई प्रत्येक वर्ष नागपञ्चमीका दिन गरिने नाग अथवा सर्पदेवको विशेष पूजा…–अर्चनासँग तुलना गर्नुहुन्थ्यो । हिन्दुहरूले हरेक वर्षातमा नागका नाममा पञ्चमी छुट्याएका हुन्छन् । त्यस दिन नागको भव्य पूजा हुन्छ । सर्पलाई दूध चढाइन्छ र मानवजातिलाई डसेर दुःख नदिन नागराजको आरती गाइन्छ ।
संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चुनाव हुन लागेको छ, देशमा । २०७२ सालमा भूकम्पले दह्रो धक्का नदिएको भए नेताहरू संविधान लेख्न तयार हुने थिएनन् । २०६२–६३ सालको परिवर्तनपछि भएको संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताले निश्चित समयमा संघीय गणतन्त्र नेपालका लागि गतिशील संविधान लेख्ने आदेश दिएका थिए । तर, सत्तामोहमा अल्झिएका नेताहरू स्वयं नै परिवर्तनप्रति असहज भइदिए ।
अन्ततः त्यही भयो, जुन नहोस् भन्ने चाहना थियो प्रदीप गिरीको । शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदीप गिरीको चाहनाविपरीत पशुपति आर्यघाटको ‘रजगजपूर्ण’ वातावरणमा प्रहरीको शोकधुनका बीच अन्तिम संस्कार गरायो । उहाँ बस्तीपुर, सिरहामा आफूले स्थापना गरेको आश्रमको कुनै वृक्षको छहारीमा आफ्नो पार्थिव शरीर बिसाइयोस् भन्ने चाहनुहुन्थ्यो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो चुनाव हुँदै छ, आगामी मंसिर ४ गते । देशभरि चुनावका नाराहरू घन्किन थालेका छन् । चुनावप्रति मानिस निरपेक्ष छैनन् । चुनावमा उनीहरूको आकर्षण बढ्दो छ । सहर–बजारमा हुने चुनावी चर्चाहरू वृद्ध नेताहरूमा केन्द्रित छन् ।
पहाड मधेश थुम्काथुम्की र उकाली ओरालीको देशकसैको पेवा होइन, कसैले ठेक्का लिएर पनि हुने हैन,मुहान जो बग्नुपर्छ, जम्नु यसको कुनै अर्थ हुँदैन ।काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैनकाठमाडौं एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।