चमेली फिल्मबाट प्रसिद्धि कमाएका निर्देशक रवि बरालले हो, मलाई रबिन तामाङसँग परिचय गराएको । ठमेलमा ब्याम्बुस भन्ने रेस्टुराँ थियो उनको र त्यहीँ उनी हरेक शुक्रबार आफ्नो प्रस्तुति पनि दिन्थे ।
फेरि खुल्छ समयको पुरानो चिहान,यादका अस्थिपञ्जरहरु ब्युाझिन्छन्,मनको गुाडमा अतीतका पन्छी फेरि फर्केर आउँछन्,फेरि राँकिन्छ आकाशको आँखा,बडो जोसले देखेको सपना दिवसको सफरमा कतै हराएपछि आज पनि मलिन मुहारको घाम घोसे मुन्टो लगाएर लुरूलुरू ओर्लिन्छ र कुइनेटोमा पुगेर हराउँछ ।
बाल्यकाल छुट्दै थियो आयुको कन्तुरबाट र किशोरवयतर्फ लम्किँदै थिएँ म । तिनताक रात बडो अँध्यारो हुन्थ्यो, अहिले अलि फिक्का भएजस्तो लाग्छ अँध्यारो । त्यस्तो चुक घोप्टिएको रातमा रेडियो नेपालको रात्रिकालीन सेवामा बज्ने आधुनिक गीतहरूको कार्यक्रम सुन्नुको मजा नै बेग्लै हुन्थ्यो ।