हुरी र दियो

एक दियो जसको शिर उँचो थियो ‍।

चैत्र ७, २०८२

विप्लव प्रतीक

Wind and lamp

काठमाडौँ — जुन दियो डराएको थियो हुरीसँग 

अघि नै निभिसक्यो

एक दियो जसको शिर उँचो थियो 

अझै बलिरहेछ । 

खपेको थियो होला उस्ले पनि अनेक पीर 

हिँडेको थियो होला उस्ले पनि अनेक भीर 

एक दियो जस्को नैन निडर थियो

अझै ब्युँझिरहेछ

एक दियो जस्को शिर उँचो थियो 

अझै बलिरहेछ । 

निभेको दियो सम्झिएर बेचैन भैरहेछु म 

डरले जीवन निभेर जान्छ बुझिरहेछु म 

सके यही बुझी अर्को दियो आँधीसँग

अझै जुधिरहेछ, 

एक दियो जस्को शिर उँचो थियो 

अझै बलिरहेछ ।

कथा कविताको

विप्लव

Link copied successfully