यो साँझको मात्रै नभएर कविकै स्वचित्र अर्थात् सेल्फ पोर्टेट हो । कविले आफ्नो छायाचित्र आफैंले उतारेका छन् । आफ्नै प्रतिच्छाया आधा उज्यालो र आधा अँध्यारो देखेका छन्, साँझजस्तै ।
साहित्य धेरै चाहिने होइन, राम्रो साहित्य चाहिने हो । रहरे र खहरेलाई झरना मान्न कोही अभिशप्त छैन । हामीलाई यति धेरै लेखक वा पुस्तक चाहिन्छन् कि चाहिँदैनन् ? तिनमा चाहिने कुरा लेखिएको छ कि नचाहिने ? पढ्नुपर्ने हो कि पढ्नु नपर्ने ? के हरेक साक्षर नेपाली लेखक हुन सक्छन् ?
एक किशोरको अधबैंसे आँखाबाट हेरिएको कथा हो– सिमसारा । यो केवल ‘योङ एडल्ट लिटरेचर’ होइन । यसले पारिवारिक सम्बन्धका आयामहरू देखाएको छ