थामे बाढी : दूधकोशीमा ढुंगा र लेदोसहितको पानी, सतह स्थिर

श्रावण ३२, २०८१

कान्तिपुर संवाददाता

Tame Flood: Water with stones and mud in Dudhkoshi, surface stable

काठमाडौँ — सोलुखुम्बुको थामे खोलामा आएको बाढी दूधकोशी हुँदै अगाडि बढेको छ । तल्लो तटीय क्षेत्रमा ढुंगामुढा र लेदोसहितको बाढी आएपनि पानीले नियमित सतह नाघेको छैन ।

 खुम्बु पासाङल्हमु गाउँपालिका, माप्यदूधकोशी गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिका क्षेत्रमा पर्ने दूधकोशी नदी हुँदै पानीको बहाव स्थिररुपमा अगाडि बढेको थुलुङ दूधकोशी गाउँपालिका-३ का वडाध्यक्ष इन्द्रमणि दाहालले बताए । 

उनका अनुसार दूधकोशी नदीमा लेदोसहितको पानी देखिएको छ । दूधकोशीको बाढी खोटाङ र ओखलढुंगाको तटीय क्षेत्र हुँदै अघि बढेको छ । अहिलेसम्म नदी आफ्नै बहावमा रहेको, तर तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा रहन सूचित गरिएको उनले बताए । 

थामे खोलामा आएको बाढीका कारण खुम्बु पासाङल्हमु गाउँपालिका-५ मा १२ घरसहित स्कुल र क्लिनिकमा क्षति गरेको छ । मानवीय क्षतिबारे भने विवरण यकिन भइसकेको छैन । 

कान्तिपुर

Link copied successfully